• आइतबार, साउन १० २०८३

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री


बुधबार, कार्तिक १९ २०७७
980
Shares


नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन्।

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन्।

पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारे।

उनले भने, ‘तपाइहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छरु राजीनामा दिन मिल्छरु मेरो लागि होइन देशको लागि। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन। त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइत राजीनामा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए। कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ की भन्ने दुविधामा नपर्न समेत आग्रह गरे।

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार