• आइतबार, साउन १० २०८३

गण्डकी प्रदेशका कृषिमन्त्रीलाई कोरोना


बुधबार, कार्तिक १९ २०७७
1.1K
Shares


काठमाडौं । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमणको पुष्टी भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्लाका अध्यक्ष समेत रहेका मन्त्री थापामगरलाई आज संक्रमणको पुष्टी भएको उहाँका स्वकिय सचिव भरत खनालले जानकारी दिनुभयो ।

रुघाखोकी सहितको सामान्य लक्षण देखिएपछि सोमबार कोरोना परीक्षणका लागि स्वांब दिएकोमा मन्त्री थापामगरको आज रिर्पोट पोजेटिभ आएको हो । अहिले भने उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

सामान्य लक्षण देखिएसंगै मन्त्री थापामगर आफै सुरक्षित रुपमा होम आइसोलनमा बसेका छन् । मन्त्री थापामगरले आफ्नो सम्पर्कमा रहेकालाई सर्तक रहन समेत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार