• आइतबार, साउन १० २०८३

अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा ट्रम्पभन्दा बाइडन अगाडि


बुधबार, कार्तिक १९ २०७७
775
Shares


काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।

अहिलेसम्म अमेरिकाका ५० मध्ये ३४ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ ।

अहिलेसम्मको मतगणनामा बाइडनले क्यालिफोर्निया, ओरेगन र वासिङटन, नयुयोर्कलगातयका राज्यमा जित हात पारेका छन् ।

त्यस्तै ट्रम्पले पनि मिसिसिपी, मिसौरी, इन्डियाना, वेस्ट भर्जिनियालगायतका राज्यमा जित हात पारेका छन् ।

यो निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने मानिएका टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलिना, पेन्सिल्भानियालगायत राज्यको नतिजा भने आउन बाँकी छ । यी राज्यमा भने प्रारम्भिक मतगणनामा ट्रम्प अगाडि देखिएका छन् । बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार