• आइतबार, साउन १० २०८३

सेनाध्यक्ष नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ


बुधबार, कार्तिक १९ २०७७
730
Shares


काठमाडौँ । नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कोलो झण्डा देखाउँन लागेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्राउ गरेको हो । सेनाध्यक्ष नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् ।

नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ ।

भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् ।

गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार