• शनिबार, साउन ९ २०८३

मुख्यमन्त्री नितिश कुमारको सभामा ढुंगा र प्याज प्रहार


मंगलबार, कार्तिक १८ २०७७
835
Shares


काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमार सहभागी एक सभामा ढुंगा र प्याज प्रहार भएको छ।

मंगलबार बिहारको मधुबनी क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न पुगेका मुख्यमन्त्रीमाथि प्याज र ढुंगा प्रहार भए पनि उनलाई भने नलागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहारको विधानसभाको तेस्रो चरणको निवार्चनको प्रचारका लागि पुगेका मुख्यमन्त्रीमाथि तस्करी बढीरहेको, बेरोजगारी बढेको, रक्सी खुलेआम बिक्री हुँदा पनि केही गर्न नसकेको भन्दै एक व्यक्तिले ढुंगा र प्याज प्रहार गरेका हुन्।

मञ्चमा जव नितिशले रोजगारीको कुरा गरिरहेको थिए सोही बेला उनीमाथि आक्रमण भएको हो। आफ्नो सभालाई लक्षित गरेर आक्रमण भए पनि उनले थप आक्रमण गर्न चेतावनी दिएका थिए।
‘फाल्नुहोस्, अझै फाल्नुहोस् र फलिरहनुहोस्’, उनले मञ्चबाटै भने।

मुख्यमन्त्रीमाथि नै आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सतर्कता बढाउँदै सुरक्षा घेरा बनाएर सुरक्षा प्रदान गरेको थियो। सोही सुरक्षा घेराभित्र उनले आफ्नो भाषण समाप्त गरेका थिए।

प्रहरीले जब आक्रमणबारीलाई पक्राउ गर्न खोजी तब नितिशले बीचैमा रोकेका थिए। उनले आक्रमण गर्ने ती व्यक्तिलाई पक्राउ नगर्न निर्देशन दिए। ‘यिनीहरुलाई छाडिदिनुहोस्, केही दिनपछि आफै सम्झिन्छन्’, उनले भने।

मंगलबार विहारमा विधानसभाको दोस्रो चरणको निर्वाचन भइरहेको छ। तेस्रो चरणको निर्वाचनको चुनाव प्रचारका लागि मुख्यमन्त्री नितिश मभुवनीमा पुगेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार