काठमाडौं । नेपाली चाउचाउ उद्योगका पायोनियर भनेर चिनिने कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।
सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् ।
लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।