sf7df8f,}+ !% dfw cy{dGqL 8f= o'j/fh vltj8f a'waf/ l;+xb/jf/df a;]sf] ;+3Lo ;+;b, cy{ ;ldltsf] a}7sdf dQmJo JoQm ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷ /f;;
काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई आगमी कार्तिक २७ गते हुने भएको छ।
प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाई तोकिएको हो।
अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफारिस गरिएकोमा सुनुवाई हुन बाँकी छ।
प्रस्तावित राजदूतहरु विरुद्ध समितिमा चारवटा उजुरी परेका छन्। तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो। यसअघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो।
संसदीय सुनुवाई समिति सभापति लक्षमणलाल कर्णले उजुरीकर्ताहरु नआएपछि २७ गतेका लागि अर्को सुनुवाईको मिति तोकेका हुन्।
गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।