गोरखा । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी सगैं उनकी पत्नीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुघाखोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताए ।
यही कात्तिक १४ गते उनको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।
स्वाब संकलन गर्नु अघिल्लो दिनदेखि नै आफू होम आइसोलेसनमा रहेको प्रजिअ भट्टराईले बताएका छन् ।
भट्टराईले आफू र आफ्नी पत्नीको सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।