• शनिबार, साउन ९ २०८३

जुवाको खालबाट पूर्वराज्यमन्त्री पक्राउ


आइतबार, कार्तिक १६ २०७७
855
Shares

जुवाको खालबाट पूर्वराज्यमन्त्री खोभारी राय यादव पक्राउ परेका छन्।

पूर्वराज्यमन्त्री यादवसहित १० जनालाई शनिबार महानगरीय प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए। रायको साथबाट ११ हजार नगद बरामद भएको छ।

रायसँगै भोजपुरका पर्वत भण्डारी, धादिङका सन्तोष लामा, काभ्रेका उत्तरकुमार लामा, सविन लामा, धर्मलाल तामाङ, जितपुर लामा, बिक्रम लामा, देबेन्द्र श्रेष्ठ र कान्छा तामाङ पनि पक्राउ परेका छन्। उनीहरुको साथबाट एक लाख ५३ हजार ५ सय रुपैयाँ बरामद भएको छ।

शनिबार दिउँसो काठमाडौं १५ स्वयंभु क्षेत्रमा जुवातास खेलिरहेका सूचनापछि प्रहरीले छापा मारेर रायसहितका जुवाडेलाई पक्राउ गरेको हो। स्थानीय साइली तामाङको कोठाभित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०५२ सालमा शेरबहादुर देउवा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका राय अहिले राजनीतिमा निष्किृय छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार