• शुक्रबार, असोज ९ २०८३

ओलीसंग प्रचण्डकाे माग : ‘अबको छलफल सचिवालयमै गरौँ’


शनिबार, कार्तिक १५ २०७७
850
Shares

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्।

१२ दिनदेखिको संवादहीनता तोड्दै शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका प्रचण्डले एक्लाएक्लै छलफल भन्दा सचिवालयकै बैठक बोलाउन प्रस्ताव राखेका हुन्।

प्रचण्डको कुरामा ओलीले कुनै प्रतिक्रिया नजनाएको स्रोतले जनायो।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कर्णाली प्रदेशमा देखिएको विवादपछि भेटवार्ता रोकिएको थियो। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना र भारतीय जासुस संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता लगायतका विषयमा ओली दाहालबीच कुरा मिलेको छैन। 

यसअघि दूरी बढेपछि अध्यक्ष दाहाललाई छलफलका लागि आग्रह गर्न ओलीले आफू निकटका नेताहरूलाई दिनहुँ खुमलटार पठाउने गरेको थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार