• शनिबार, साउन ९ २०८३

‘बाबुराम भट्टराईलाई पनि भेटेका थिए ‘रअ’का प्रमुख गोयलले’


मंगलबार, कार्तिक ११ २०७७
915
Shares

गतसाता नेपाल भ्रमणमा आएका भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि भेटेको खुलेको छ।

भारतीय सञ्चारमाध्यम द प्रिन्टमा सो जानकारीसहितको लेख मंगलबार प्रकाशित भएको छ।

सो सञ्चारमाध्यमकी रणनीतिक मामिला सम्पादक ज्योती मलहोत्राको आलेखमा ‘रअ’ प्रमुख गोयल नेपालमा रहँदा डा. भट्टराईलाई समेत भेटेको जानकारी उल्लेख छ।

उनले अहिले दिल्लीमा रहेका अमेरिकी रक्षा तथा विदेशमन्त्री र उनीहरुका भारतीय समकक्षीहरुबीचकाे भेट भारतमा बढि चर्चामा रहे पनि ‘रअ’ प्रमुखको छिमेकी नेपाल भ्रमणको प्रसङ्ग पनि उत्तिकै रोचक बनिरहेको बताएकी छन्।

‘सामन्त गोयलले नेपालका विपक्षी नेता बाबुराम भट्टराईलाई पनि भेटेका थिए। तर उनलाई भेटेलगत्तै भट्टराईमा कोभिड संक्रमण पुष्टि भएको हुँँदा भारत फर्केपछि संभवतः गोयल आइसोलेसनमा बसिरहेका होलान्,’ मलहोत्राले लेखेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार