धादिङ्ग । केहि दिन अघि काठमाण्डौको सुनधारामा भएको मस्जिद तोडफोड प्रति नेपाल मुस्लिम संघ धादिङ्गले बिरोध जनाएको छ ।
सोमबार संघले एक प्रेस विज्ञप्ती जारी गर्दै मस्जिद तोडफोडमा संलग्नको खोजी गरी कानूनी कारबाही गर्न माग गरेको हो ।
संघका धादिङ्ग जिल्ला अध्यक्ष जुमदिन मियाँद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ : ‘काठमाण्डौको मुटुमा रहेको एउटा धार्मिक स्थल माथी आक्रमण हुदा पनि नेपाल सरकार मुकदर्शक मात्र बनेकाले शान्ति सुरक्षामा समेत लापरवाही भएको भन्ने हाम्रो बुझाई हो ।’
संघले यो आक्रमण मस्जिदमा मात्रै नभई सिंगो नेपाली मुस्लिम समुदायमाथी नै प्रहार भएको बताएको छ ।
गत कार्तिक ८ गते बिहान केहि भमाफियाहरुको समुहले सुन्धाराको मुसाफिर मदनी मस्जिदमा डोजर चलाएर तोडफोड गरेका थिए ।
सयाै वर्ष पुरानो भनिएको यो मस्जिद यस अघि पनि बिभिन्न समयमा भूमाफियाहरुको तारो बन्ने गरेको थियाे ।
निर्माणधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ । भोगचलन भने सयाै बर्षदेखि मस्जिद व्यवस्थापनले गर्दै आएको स्थानीय बताउछन ।
मुस्लिम संघ धादिङ्गका अध्यक्ष मियाँले घटनाका दोषी पहिचान गरी कडा कारबाही गर्न र मस्जिदको तत्काल पुर्ननिर्माण गर्न समेत सरकारसंग माग गरेका छन ।
हेर्नुस विज्ञप्ती
