• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपतिको हातबाट टीका


सोमबार, कार्तिक १० २०७७
860
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दसैँको टीका लगाएका छन्।

सोमबार दिउँसो शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिका हातबाट टीका ग्रहण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राष्ट्रपतिका हातबाट टीका ग्रहण गरेको जनाकारी दिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी थिइन्।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दसैँको टीका ग्रहण गर्नुभएको छ। त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराको माला लगाइदिनु भएको छ’, थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार