गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता चुडामणी खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिनिधी सभा सदस्य समेत रहेका खड्का र उनकी पत्नी सर्मिला खड्काकाे कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
खड्काको सचिवालयले सामाजिक सञ्जाल मार्फत उनलाई संक्रमण भएको पुष्टि गरेको हो । सचिवालयका एक सदस्य सुनिल थापा मगरका अनुसार उनिहरुको शनिबार बेलुका कोरोना रिपोर्ट पोजेटिभ आएको र होम आइसोलेसनमै रहने बताएका छन् ।
गोरखाको पालुंटार घर भएका साँसद खड्का र उनकी उत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको समेत थापाले बताए ।