• शनिबार, साउन ९ २०८३

डा. बाबुराम भट्टराई दम्पतीलाई नै कोरोना संक्रमण


शनिबार, कार्तिक ८ २०७७
790
Shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ।

जनता समाजवादी पार्टीकाे संघीय परिषदका अध्यक्ष डा. भट्टराईले शनिबार बिहान सामाजिनक सञ्जालमार्फत आफू र पत्नी हिसिला यमी दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ ट्विटरमा उनले लेखेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार