• शुक्रबार, असोज ९ २०८३

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन


बुधबार, कार्तिक ५ २०७७
1K
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण भएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्।

बुधबार आयोजित एक समारोहकाबीच राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो।

यसैबीच उनले दरबार हाइस्कुलको उद्घाटन गरेकी छन्। दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो।

विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार