• सोमबार, साउन ११ २०८३

राष्ट्रपति भण्डारीको दसैं भत्ता कोरोना कोषमा


बुधबार, कार्तिक ५ २०७७
725
Shares


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दसैं भत्ता कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गरेकी छिन् ।

यस्तै उनले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिकसमेत कोषमा प्रदान गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरसको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार