• आइतबार, भाद्र २१ २०८३

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने


बुधबार, कार्तिक ५ २०७७
860
Shares

काठमाडौं । विश्व नै कारोनाको मारमा परीरहेको बेला गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

प्रदेशका एक मन्त्रीले मन्त्रिपरिषद् बैठकले चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचारका निम्ति खर्च गर्ने निर्णय गरेको बताए।

कोरोनाको महामारीका बेला पनि मन्त्री र सांसदहरुले पर्वभत्ता लिएको भन्दै चौतर्फी रुपमा विरोध भएपछि संघ र प्रदेशका मन्त्री तथा सांसदहरुले भत्ता फिर्ता गर्न लागेका हुन्।

अहिलेसम्म प्रदेशसभामा रहेका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका सांसदले पनि दशैँभत्ता फिता गर्ने निर्णय गरेका छन्।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशले लक्षणसहितका सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार