पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशवव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित भएकाहरुको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ट भएको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै भट्टराईले सरकारको यो कार्यले महामारी झन् विकराल बन्ने बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले जनताको ज्यान जोगाउन भ्रष्टाचार र फजुल खर्च रोक्नुपर्ने बताए।
उनले अस्पतालमा धनीले आर्थिक सहायता दिन चाहे दानपात्र राख्न आग्रह गर्दै उपचार भने सबैको निःशुल्क गर्नुपर्ने बताएका छन्।
सरकारले आइतबारदेखि कोरोना संक्रमित सबैको उपचार गर्न नसक्ने र उपचार गर्नुपर्नेको सबै खर्च नागरिक आफैले गर्नुपर्ने निर्णय गरेको थियो।