• शनिबार, साउन ९ २०८३

जसपा संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई नियुक्ति


मंगलबार, कार्तिक ४ २०७७
765
Shares


जनता समाजवादी पार्टीको शक्तिशाली संघीय परिषद अध्यक्षमा डा बाबुराम भट्टराई नियुक्ति भएका छन्।

सोमबार र मंगलबार बसेको जसपा कार्यकारिणी समिती बैठकले भट्टराईलाई शक्तिशाली संघीय परिषद् अध्यक्षमा चयन गरेको हो।

सो परिषद् केन्द्रीय समिती भन्दा माथिल्लो निकाय पनि बनेको छ।

‘जसपाको विधान संशोधन गर्दै केन्द्रीय कार्यकारिणी समिती संघीय परिषद्को मातहत रहने निर्णय गरेको छ’ जसपाका एक नेताले भने।

केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्। यसअघि डा. भट्टराई जसपाको वरिष्ठ नेता थिए।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच वैशाख ९ गते पार्टी एकता भएर जनता समाजवादी गठन भएको थियो। पार्टी एकतापछी निर्वाचन आयोगमा दल दर्ता गर्दा कुरा नमिलेपछि डा. भट्टराई वरिष्ठ नेतामा रहेर दल दर्ता गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार