पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामान्य लक्षण देखिएपछि स्वाब दिएका सांसद कोइरालाको आज पोजेटिभ रिपोर्ट आएको हो ।
केही दिनअघि चितवनबाट फर्किएका कोइरालासँगै उनका सवारी चालकमा पनि कोराना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि कोइराला सेल्फ आइसोलेसनमा बसेका छन् ।
‘एक दिन कोरोना संक्रमणले छुन सक्छ भन्ने मानसिक हिसाबले तयार थियौं । निरन्तर काम र विभिन्न बैठकमा सहभागी भइरहेका थियौं,’ सभापति कोइरालाले भने, ‘साबधानी अपनाउनु पर्छ तर डराउनु पर्दैन । म कोरोना जितेर फेरि छिट्टै जनताको काममा फर्कने छु ।’
कोरोनासँगै जुधेर सुरक्षित बन्दै काममा निस्कनुको विकल्प नभएको उनको भनाइ छ ।