• शनिबार, साउन ३० २०८३

देउवालाई गगन थापाको प्रस्ताव : सरकारलाई संसद बैठक राख्न बाध्य पारौं


मंगलबार, कार्तिक ४ २०७७
725
Shares


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सांसद गगन थापाले सरकारलाई संसद राख्न बाध्य पार्न प्रस्ताव राखेका छन्।

सरकारले आफ्नो जिम्मेवारी पुरा नगरेको बताउँदै त्यसलाई सँच्याउनका लागि सदन र सडकको शक्ति एकीकृत पार्नुपर्ने उनको धारणा छ।

‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन,’ सांसद थापाले भनेका छन्, ‘संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन। संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार