• शनिबार, साउन ९ २०८३

खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी दर्ता


सोमबार, कार्तिक ३ २०७७
695
Shares


काठमाडौं । युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी परेको छ । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् ।

त्यसैगरी, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

सोमबार संघीय संसदको सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।

उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार