• शनिबार, साउन ९ २०८३

अब सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई


सोमबार, कार्तिक ३ २०७७
795
Shares

काठमाडौं । केही दिन अघि मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदमा नियुक्ति भएका पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ ।

मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गत असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत तोकिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार