• शनिबार, साउन ९ २०८३

तरुण नेता पन्तले दिए विद्यार्थीलाई कोरोनाबाट बच्ने सामाग्री


आइतबार, कार्तिक २ २०७७
835
Shares

गोरखा । नेपाली काँग्रेस गोरखाका युवा नेता ध्रुव पन्ले विधार्थीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

नेपाली काङ्ग्रेसको केन्द्रिय तरुण बिभागका केन्द्रिय सदस्य समेत रहेका पन्तले गोरखा नगरपालिका १३ मा रहेको राम शाह माविका विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा पन्तले एक हजार दुई सय थान मास्क र पाँच लिटर सेनिटाइजर विद्यालयलाई हस्तान्तरण गरेका हुन ।

कोभिड १९ को संक्रमण दर बढ्दो रहेको र विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीलाई सुरक्षित रहन मद्धत पुग्ने उद्देश्यले स्वास्थ्य सामग्री बितरण गरिएको उनले बताए ।

कार्यक्रममा तरुण दलका जिल्ला उपाध्यक्ष मनोज देवकोटा, जिल्ला सदस्य सुरेन्द्र कुमाल, बिनोद पन्थ र क्षेत्रिय उपाध्यक्ष किरण आलेको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार