• शुक्रबार, असोज ९ २०८३

शुभकामना आदानप्रदान तथा क्रियाशिल सदस्य वितरण


आइतबार, कार्तिक २ २०७७
905
Shares

गोरखा । नेपाली काँग्रेस सिरानचोक ८ को आयोजनामा शुभकामना आदानप्रदान तथा क्रियाशिल सदस्य वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा सभापती विष्णु पोखरेलको अध्यक्षता तथा जिल्ला सभापती हरिबहादुर घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासमिति सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, क्षेत्रिय सभापती गोबिन्द गुरुङ, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, श्रमिक तथा ट्रेड युनियन बिभागका सदस्य नबिन श्रेष्ठ, क्षेत्रिय सदस्य बलबहादुर थापा, वडा कार्यसमितिका सचिव महानन्द दवाडी लगायतले मन्तव्य राखेका थिए ।

सो अबसरमा २ सय जनालाई क्रियाशिल सदस्यता वितरण गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर २ गोरखाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार