• शनिबार, साउन ९ २०८३

राप्रपाको अध्यक्ष अधिकारी सहअध्यक्षमा रुपाखेती


शुक्रबार, असोज ३० २०७७
710
Shares

गोरखा । राप्रपा गोरखा र राप्रपा सयुक्त गोरखा वीच समायोजन भएको छ । केन्द्र दुई पार्टी एकता भएको लामो समयपछि तत्कालिन दुई पार्टी एक ठाउँमा आएका हुन ।

बिहीबार जिल्ला सदरमुकाममा भएको सयुक्त बैठकले राप्रपाका तत्कालिन अध्यक्ष शंकरराज अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । राप्रपा सयुक्तकी तत्कालिन अध्यक्ष अम्बिका रुपाखेतीलाई सहअध्यक्ष बनाइएको छ ।

क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष रहेका गोपाल बहादुर थापालाई संगठन विभाग प्रमुख र कुलबहादुर बस्नेतलाई सचिवमा चयन गरिएको राप्रपाका गण्डकी प्रदेश सदस्य सुदिप ढकालले जानकारी दिए ।

बैठकले माघ महिनाको मसान्त भित्र जिल्ला अधिवेशन गर्नका लागि समय सिमा समेत निर्धारण गरेको छ । राप्रपा गोरखाले नेपालीहरुको महान पर्व बडा दशैं र शुभ दिपावली, छठको अबसरमा गोरखा जिल्लाबासी सम्पूर्णलाई शुभकामना पनि दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार