• शनिबार, साउन ३० २०८३

गृहमन्त्री थापाले भने : प्रहरीको रासन सुविधा बढाउन तयार छु


शुक्रबार, असोज ३० २०७७
695
Shares

g]kfnsf ;/sf/L jsLnx?sf] bf];|f] /fli6«o ;Dd]ng ;dfkgsf cj;/df dGtJo JoQm ub}{ u[xdGqL /fdaxfb'/ yfkf . t:jL/ M /Tg >]i7, /f;;, sf7df8f}F .


काठमाडौं । प्रहरीको रासन सुविधा र कल्याणको कार्यक्रम समानुकुल सुधार गर्न तयार रहेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।

६५ औं प्रहरी दिवसको अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै बादलले भने, ‘रासन सुविधा र कल्याणको कार्यक्रम समयानुकुल सुधार गर्न मन्त्रालय तत्पर छ ।’

काठमाडौं उपत्यकामा अहिले प्रहरी जवानले दैनिक १ सय ७५ रुपैयाँ रासन खर्च पाउँछन् । दुर्गममा रासन सुविधा फरक छ ।

प्रहरीको हजारौं राम्रो कामको वेवास्ता र औंलामा गन्न सकिने केही कमजोरीको प्रचार गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै बादलले भने, ‘प्रहरीलाई तेजोबध हैन, रचनात्मक सुझाव अहिलेको आवश्यकता हो ।’

संघीय प्रणालीमा रुपान्तरण हुनका लागि तयार रहन प्रहरी अधिकारीलाई निर्देशन दिँदै उनले लकडाउन र कोरोना संक्रमणका कारण नयाँ सुरक्षा चुनौती थपिएको बताए ।

‘भूमिगत समूहले चन्दा असुली गर्ने प्रयास गरिरहेका छन्, त्यस्ता समूहलाई निस्तेज पार्न प्रहरीले कतै सम्झौता गर्ने छैन भन्ने मेरो विश्वास छ,’ थापाले भने–‘ शान्ति मिसनमा थप सहभागीता गराउन सम्बन्धित निकायसँग समन्वयका लागि सुझाव दिन्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार