• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्रीलाई बाबुरामको प्रतिप्रश्न : ठूला भ्रष्टाचार प्रकरणको निश्पक्ष छानविन कसले रोक्यो ?


शुक्रबार, असोज ३० २०७७
690
Shares


काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी परियोजनाबारे पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको भन्दै खण्डन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार नेपाल प्रहरी दिवसका अवसरमा भट्टराईको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताएका हुन् ।

‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ,’ प्रधानमन्त्रीले भट्टराईले दिएको अभिव्यक्तिको खण्डन गर्दै भनेका थिए । तर प्रधानमन्त्रीले यसो भनेको एक घण्टा नवित्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो ?’ भन्दै प्रश्न गरेका हुन् । ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुुरा खाई पत्याउनु।।’ भट्टराईको भनाइ छ ।

डा. भट्टराईले गत साता बूढीगण्डकी परियोजनामा प्रम ओली, पूर्वप्रमहरु प्रचण्ड र शेरबहादुर देउवाले नौ अर्ब भ्रष्टाचार गरेको आफूसँग प्रमाण रहेको बताएका थिए । भट्टराईको यो भनाइको काँग्रेस र नेकपाले विज्ञप्ति निकालेर खण्डन गरिसकेका छन् । भट्टराईको अभिव्यक्ति सार्वजनिक भएपछि उनलाई प्रमाण सार्वजनिक गर्न नागरिकस्तरबाट दवाव बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार