• शनिबार, साउन ९ २०८३

कांग्रेस नेता अब्दुल सत्तारले दिए गोरखाका विद्यार्थीलाई १५ हजार मास्क


बिहिबार, असोज २९ २०७७
625
Shares

गोरखा । नेपाली कांग्रेसका नेता अब्दुल सत्तारले गोरखाका बिभिन्न बिधालयमा अध्ययनरत बिधार्थीलाई १५ हजार मास्क सहयाेग गरेका छन । काेराेना भाइरसकाे जाेखिम कम गर्न र संक्रमण फैलिन नदिन उनले पालुंटार नगरपालिका सहित सिरानचाेक र अजिरकाेट गाउँपालिकाका बिभिन्न विधालयलाई मास्क सहयाेग गरेकाे बताए ।

पार्टीको क्रियाशील सदस्यता वितरणका शिलसिलामा पालुङ्टारमा बिहिबार आयोजित कार्यक्रमकाबीच नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष समेत रहेका सत्तारले पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कँडेलमार्फत १० वटै वडाका विद्यालयमा अध्ययनरत बिधार्थी र शिक्षकका लागि ती १० हजार मास्क हस्तान्तरण गरेका छन।

कांग्रेसका महासमिति सदस्य सत्तारले केहि दिनअघि गोरखाकै अजिरकोट गाउँपालिकामा क्रियाशील बितरण कार्यक्रमकाबीच त्यस क्षेत्रका विद्यालयका लागि २ हजार मास्क हस्तान्तरण गरेका थिए । उनले शिक्षक संघका दीपक दुवाडीमार्फत उनले साे मास्क हस्तान्तरण गरेका हुन्।

यसैगरी, सिरानचोक गाउँपालिका वडा नं ३ हर्मीका विद्यलाय तथा वडाबासीका लागि उनले ३ हजार ५०० मास्क पठाएको वडाध्यक्ष बीरबहादुर थापाले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार