• शुक्रबार, असोज ९ २०८३

नवनियुक्त सहरी विकासमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण


बिहिबार, असोज २९ २०७७
1K
Shares


काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले पनि पदभार ग्रहण गरेका छन् ।

मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनको भनाइ छ । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाइ छ ।

प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने बताए ।श्रेष्ठले आज विहान पद तथा गोपनियताको सपथ लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार