• शनिबार, साउन ९ २०८३

नारायणकाजीलाई बाबुरामको जवाफ, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’


बुधबार, असोज २८ २०७७
1.4K
Shares

समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ भनी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन्।

उनले ट्वीटरमा श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ।’ 

ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन गर्न प्रस्ताव गरेका छन्।

भट्टराईले हालै दिएको बुढीगण्डकी परियोजनामा अर्बौं रकम घुस लिएको भनी नेकपा अध्यक्षलाई आरोप लगाएर अभिव्यक्ति दिएको भन्दै त्यसउपर श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेका थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार