• शनिबार, साउन ९ २०८३

बाबुरामले अरुलाई हिलो छ्यापेर आफू ओभानो बन्न खोेजे : काँग्रेस नेता पाण्डे


बुधबार, असोज २८ २०७७
925
Shares

गोरखा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अरुलाई हिलो छ्यापेर आफू ओभानो बन्न खोेजेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले आरोप लगाएका छन् ।

नेपाली काँग्रेस गोरखाले पालुङटार नगरपालिकामा नयाँ क्रियाशिल सदस्यता फारम वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पाण्डेले सभापती शेरबहादुर देउवा सहित शीर्ष नेताहरुको चरित्र हत्या गर्न दुस्प्रचारका लागि मात्रै सो बिषय भट्टराईले अगाडी ल्याएको बताए ।

उनले ९ अर्ब घोटाला भएको बिषयलाई प्रमाणित गर्न भट्टराईलाई चुनौती समेत दिएका छन् ।

केहिदिन अघि पालुंटारबाटै जनता समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेर बहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ९ बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब घोटाला गरेको आरोप लगाएका थिए ।

नेपाली काँग्रेस गोरखाले बुधबार गरेको कार्यक्रममा नेपाली काँग्रेसका झण्डै १२ सय जनालाई नयाँ क्रियाशिल सदस्य वितरण गरिएको छ ।

पालुङटार नगरपालिकाका पार्टी सभापती दिपकबाबु कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापती हरिबहादुर घले, महासमिति सदस्य एवं नेपाल मुस्लिम संघ राष्ट्रिय अध्यक्ष अब्दुल सत्तार, गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, कोषाध्यक्ष कृष्ण बहादुर आले, नेबिसंघका पूर्व महामन्त्री आनन्द त्रिपाठी, क्षत्रिय सभापती गोबिन्द गुरुङ, क्षेत्र नम्बर २ क प्रदेश सभा सभापती नारायण गुरुङ, गोरखा नगरपालिका सभापती चन्दनबाबु खत्री, पालुङ्टार नगरसचिव बिमल ढकाल, सरोज देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

सोही अबसरमा महासमिति सदस्य एवं नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारले पालुङटार नगरपालिका भित्रका सम्पूर्ण विद्यालय प्रयोग गर्ने गरी १० हजार थान मास्क सहयोग गरेका छन् । उनले पालुङ्टार नगरपालिकाका प्रमुख दिपकबाबु कडेंललाई सो संख्याको मास्क हस्तान्तरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार