• शनिबार, साउन ९ २०८३

सांसद सानु शिवाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


बुधबार, असोज २८ २०७७
815
Shares


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

त्यस्तै उनले भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।

शिवाको बुधबार बिहान काठमाडौको केएमसी अस्पतालमा निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार