• शनिबार, साउन ९ २०८३

नेकपा सांसद शिवाको निधन


बुधबार, असोज २८ २०७७
860
Shares


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। शिवाको बुधबार बिहान निधन भएको हो ।

संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् । शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो ।

मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा बुधबार निधन भएको अस्पतालले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार