• शनिबार, साउन ९ २०८३

राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा नेपाल पुनः निर्वाचित


बुधबार, असोज २८ २०७७
615
Shares


काठमाडौँ । संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ ।

राष्ट्रसंघको मुख्यालयमा मामंगलबार राति भएको मतदानमा नेपाल पुनः निर्वाचित भएको हो । सन् २०२१—०२३ सम्मका लागि नेपाल निर्वाचित भएको हो।

यसअघि सन् २०१८—०२० का लागि नेपाल निर्वाचित भएको थियो। एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन्। गोप्य रुपमा भएको मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तीनवर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ। एसिया प्रशान्त क्षेत्रबाहेक अन्य क्षेत्रका सदस्य चुनावी प्रतिस्पर्धाबिनै निर्वाचित भएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार