• शनिबार, साउन ९ २०८३

आफूविरुद्धको अविश्‍वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मुख्यमन्त्रीले बनाए सचेतक


मंगलबार, असोज २७ २०७७
835
Shares


काठमाडौं ।कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई सचेतक बनाएका छन् ।

सचेतकमा नियुक्त शाही अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसद हुन् । उनको नियुक्तिसँगै अविश्वासको प्रस्तावमा नेपाल पक्षीय सांसद पछि हटेको संकेत मिलेको छ । यसबाट कर्णाली प्रदेशका सत्ता–समीकरणमा पनि परिवर्तन हुने नेकपा निकट एक नेताले बताए ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार माधब नेपाल समूहका नेताहरुको सहमतिअनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन् ।

केन्द्रका केही नेताहरुले असन्तुष्ट पक्षलाई नै सहमतिमा ल्याउने प्रयास गरेपनि ओलीपक्ष सहमतिमा नआएपछि मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका नेताहरुले माधव नेपाल समूहका हस्ताक्षर कर्ताहरुलाई सहमतिमा ल्याएका हुन् । नेपाल पक्षका सदस्यहरु आज बोलाएको बैठकमा समेत गएन्न । उनीहरु नगएपछि यमलाल कँडेल लगायतका नेताहरु भेला भएपनि बैठक बस्न सकेन ।

नेपाल समूहलाई सहमतिमा ल्याउन मुख्यमन्त्री शाही पक्ष मन्त्रिपरिषद् पुनर्गठन र खाली रहेको सचेतक पदमा माधव नेपाल समुहका नेताहरुलाई लैजान तयार भएको स्रोतको भनाई छ । सोमबार दलका नेता शाहीले गुलावजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार