• शनिबार, साउन ९ २०८३

मुख्यमन्त्री हटाउने प्रस्तावबाट नेपाल पक्ष पछि हट्यो


मंगलबार, असोज २७ २०७७
1.1K
Shares


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन भनी अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको एउटा समूह पछि हटेको छ।

शाहीलाई हटाउन त्यहाँको ओलीपक्षीय समूहलाई आइतबार साथ दिएको माधव नेपाल पक्ष आज मंगलबार पछि हटेको हो।

‘हामी ब्याक भयौं। अविश्वासको प्रस्तावमा बहुमत नपुग्ने भएपछि यो विषय अब ढिसमिस भएको छ,’ माधवकुमार नेपाल निकट एक केन्द्रीय सदस्यले भने, ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा मुख्यमन्त्री र अन्य पक्षहरुसँग छलफल भइरहेको छ। मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा अहिले छलफल जारी छ।’

शाहीलाई हटाउन हस्ताक्षर गरेकाहरुबीचमै विभाजन आएपछि सो प्रदेश सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केही मन्त्रीहरुले भने राजीनामा दिने तयारी गरेका छन्।

स्थायी समिति सदस्य सुवास नेम्वाङलाई फोन गरेर उनीहरुले राजीनामाको मनस्थिति बनाएको जानकारी दिएका थिए।

तर आफूले अहिले त्यसो नगर्न र प्रधानमन्त्रीको निर्देशन पर्खन सुझाव दिएको नेम्वाङले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार