• शनिबार, साउन ९ २०८३

मेयर र सञ्चारकर्मीमा देखियो कोरोना


मंगलबार, असोज २७ २०७७
930
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient


पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना सङ्क्रमणमा पर्ने क्रम बढेको छ।

सोमबार राति भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नगरप्रमुख साहले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन्।

‘पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो’, साहले भने, ‘सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो।’

रातिदेखि बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहले बताए। यसअघि भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो पनि सङ्क्रमित भएका थिए। अहिले महतो सङ्क्रमणमुक्त भइसकेका छन्।

यसैबीच महोत्तरीका सञ्चारकर्मी एकपछि अर्को सङ्क्रमणको चपेटामा परेका छन्। राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बरालमा सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन्। गोपालमा गत बिहीबार र सुनितामा गत शनिबार सङ्क्रमण पुष्टि भएको हो।

यसअघि अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो। यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसकेका छन्।

महतोमा असोज १० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । जनप्रतिनिधि र सञ्चारकर्मी आफैँले सङ्क्रमण पुष्टिबारे सार्वजनिक गरेका हुन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार