• शनिबार, साउन ९ २०८३

नारायणकाजीकाे भोलेन्टियर सर्भिसले के गर्याे एक महिनामा ?


सोमबार, असोज २६ २०७७
740
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले गठन गरेको कोभिड-१९ भोलेन्टियर सर्भिसको एक महिना पछि समिक्षा बैठक बसेको छ।

सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन योगदान दिने उद्देश्यले गठन भएको यो समितिले प्रबक्ता श्रेष्ठ निवासमा समिक्षा बैठक बसी अहिलेसम्म आफुले गरेको कामको विवरण समेत सार्वजनिक गरेको छ ।

अहिलेसम्म १७६ जनाको पिसिआर टेस्ट गर्न सहयोग गरेको , १३ जनालाई आइसोलेसन ब्यबस्थापनमा सहयोग गरेको , टेकु अस्पतालमा पिसिआरको दायरा बढाउन सहजीकरण गरेको लगायतका काम समितिले गरेको जनाएको छ।

त्यस्तै, विदेशमा रहेका १२ जना नेपालीको समस्या समाधान गरिएको र ५ जनाको समस्याको समाधानको लागी प्रक्रियामा रहेको समेत कोभिड-१९ भोलेन्टियर सर्भिसले जानकारी दिएको छ।

समिक्षा बैठकमा प्रबक्ता श्रेष्ठले अहिलेसम्म अभियानले गरेका कामहरु सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै दशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका आगामी चाडपर्वहरुको सन्दर्भमा सचेतनता अभियान संचालन गर्न निर्देशन दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार