• शनिबार, साउन ९ २०८३

के ट्रम्प कोरोनामुक्त भएका हुन् ? ट्रम्पबाट कोभिड–१९ सर्दैन : चिकित्सक


आइतबार, असोज २५ २०७७
740
Shares


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अरुमा कोरोना भाइरसको संक्रमण नसर्ने ह्वाइट हाउसका चिकित्सकले बताएका छन्।

राष्ट्रपति निवासका चिकित्सक सिन कोनलीले गत बिहीबारयता ट्रम्पको स्वास्थ्यबारे पहिलो प्रतिक्रिया दिँदै ट्रम्प अन्यलाई कोरोना सार्ने जोखिममा नभएको जनाएका हुन्।

कोरोना संक्रमण भएपछि ट्रम्प तीन दिन अस्पताल भर्ना भएका थिए। शनिबार मात्र ट्रम्पले ह्वाइट हाउसमा सार्वजनिक रुपमा आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए।

ट्रम्प अस्पतालमा बसेर गत सोमबार मात्र ह्वाइट हाउस फर्किएका थिए। ट्रम्प ह्वाइट हाउस फर्कँनसाथ उनी सार्वजनिक कार्यक्रममा जान तयार भएको उनका चिकित्सकले बताएका थिए।

ट्रम्प अस्पतालबाट डिस्चार्ज हुँदा उनी कोरोना मुक्त भएका थिए या थिएनन् केही जानकरी दिइएको थिएन।

हाल ह्वाइट हाउसले नै उनी सार्वजनिक कार्यक्रमको लागि तयार भएको र उनीबाट कोरोना सर्दैन भनिरहेको छ।

यद्यपी स्पष्ट रुपमा उनी कोरोना मुक्त भए या भएका छैनन् केही खुलाइएको छैन।

अस्पतालबाट डिस्चार्ज हुनासाथ ट्रम्पले गत सोमबार एक भिडियो सन्देशमा अमेरिकाले कोरोनाविरुद्ध लड्ने उपचार पद्धतिको विकास गरेको र त्यसले आफ्नो स्वास्थ्य अवस्था निकै स्वस्थ बनाएको बताएका थिए। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार