• शनिबार, साउन ९ २०८३

उद्योग व्यवसायी संगठनमा केसी


आइतबार, असोज २५ २०७७
990
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यापारी व्यवसायीहरु संगठित भएका छन् । नेकपामा आस्था राख्ने व्यवासीहरुको भेलाले रामहरी केसीको संयोजकत्वमा नेपाल उद्योग ब्यवसायी संगठन जिल्ला शाखा गठन गरेको हो । नवगठित समितिको सहसंयोजकमा काजीराम श्रेष्ठ चयन भएका छन् ।

संगठनको सदस्यहरुमा बिक्रम बस्नेत, प्रदीप खनाल, दिनेश दानी, दण्डपाणी कट्टेल, कृष्ण सुनार, भोला मरहट्टा, ज्ञानेन्द्र सुवेदी, सुरेन लामिछाने, बालकृष्ण परियार, प्रेमकुमार पुडासैनी, आशिष देवकोटा, नारायण श्रेष्ठ, बिनोद अर्याल, सुमन श्रेष्ठ, बिशाल राना, आशा गुरुङ, सुस्मिता घले, दिनेश दानी, ज्ञानेन्द्र सुवेदी लगायत रहेका छन् । पछि बिस्तार गरी ३१ सदस्यिय पु¥याइने बताइएको छ ।

कृष्ण ढकालको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेश कार्यालय सदस्य सम्झना देवकोटा, जिल्ला सचिव प्रेम गुरुङ लगायत नेकपाका नेता कार्यकताले नवगठित समितिलाई शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार