• शनिबार, साउन ९ २०८३

नयाँ परराष्ट्र सचिवमा पौड्याल नियुक्त


शुक्रबार, असोज २३ २०७७
685
Shares


सरकारले परराष्ट्र मन्त्रालयका सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो।

नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्।

यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए।

पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म परराष्ट्र प्रवक्ता थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार