• शनिबार, साउन ९ २०८३

केन्द्रीय सदस्यद्वय पौडेल र अर्यालले छाडे साझा पार्टी


शुक्रबार, असोज २३ २०७७
820
Shares


साझा पार्टीका दुई केन्द्रीय सदस्यले पार्टी छाडेका छन्।केन्द्रीय सदस्य मानवी पौडेल र सिद्धि अर्याल पार्टीबाट बाहिरिएका हुन् ।

पार्टी स्थापनादेखि नै सक्रिय रहेकी पौडेल बिहीबारदेखि पार्टीबाट अलग भएकी हुन्।साझाले बिहीबार ३७ केन्द्रीय सदस्य थपेको थियो।उनले पार्टीमा आफ्नो कुनै असन्तुष्टि नरहेको दाबी गरिन्।

पौडेलले ट्वीटरमा लेखेकी छन्, ‘साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु।’

यस्तै साझाका अर्का केन्द्रीय सदस्य अर्यालले परिस्थितिवश भौगोलिक रूपमा हालसँगै रहन नसकेको बताए । उनले ट्वीटरमा लेखेका छन, ‘साझाको पुनर्गठित केन्द्रिय समितिलाई मेरो हृदयदेखी शुभकामना छ । तपाईंहरुसँग विधिले निर्दिष्ट गर्ने राजनीतिको यात्रामा केन्द्रिय सदस्यका रुपमा थोरै समय काम गर्दा संगालेका अनुभव सदैव मेरा सम्झनामा रहनेछन् । परिस्थितिवश भौगोलिक रूपमा हालसँगै नरहे पनि तथा केन्द्रिय सदस्य नरहे पनि संगठीत विकल्पका लागि मबाट हुन सक्ने सहयोग गरि नै रहनेछु।’

अर्याल विदेशमा छन्।साझाकासहप्रवक्ता शरदराज पाठकले केन्द्रीय सदस्यद्वय पौडेल र अर्यालले व्यक्तिगत र अरू विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन र अहिले समय दिन नसक्ने जानकारी गराएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार