• शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्रीका तीन जना सल्लाहकारले जिते कोरोना


शुक्रबार, असोज २३ २०७७
840
Shares


प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार कोरोना संक्रमणमुक्त भएका छन् ।

मुख्य सल्लाहकार विष्णु रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा संक्रमणमुक्त भएका हुन्।

बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट आएको थापाले बताए ।

थापाले फेसबुकमार्फत् उक्त जानकारी दिँदै एक साता बित्दानबित्दै संक्रमणमुक्त भएको उल्लेख गरेका हुन्।

रिमालले पनि आफू निको भइसकेको बताएका छन्। आफूमा कोरोनाको लक्षण पनि नदेखिएको उनले उल्लेख गरेका छन्।आफू कोरोनामुक्त भएको भन्दै उनले फेसबुकमा लेखेका छन्।

परराष्ट्र सल्लाहकार भट्टराईले पनि आफू कोरोनामुक्त भएको बताएका छन्।

उनीहरूमा गत असोज १७ गते कोरोना पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार