• शनिबार, साउन ९ २०८३

सरकार र डा. केसीको वार्ता टोली सहमति नजिक


शुक्रबार, असोज २३ २०७७
705
Shares


काठमाडौं । सरकारी वार्ता टोली र चिकित्सा शिक्षा सुधारको माग राख्दै २५ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्षबीच सहमति नजिक पुगेको छ ।

बिहीबार दुई चरणमा भएको वार्तामा प्रारम्भिक सहमति जुटेको हो। वार्ताका क्रममा डा. केसीले अघि सारेका ६बुँदे मागमा सहमति खोज्ने प्रयास भएको हो ।सहमतिको प्रारम्भिक मस्यौदा मुख्यसचिवमार्फत गए राति नै प्रधानमन्त्री केपी ओलीकहाँ पठाइएको छ। आज (शुक्रबार) थप वार्ता गरेर औपचारिक सहमति गर्ने तयारी दुई पक्षले गरेका छन्।

बिहीबार बिहान साढे १० बजेबाट शिक्षा मन्त्रालयमा सरकार र डा.केसी पक्षबीच वार्ता शुरु भएको थियो। वार्ता दिउँसो २ घण्टा रोकिएर पुनः सुरु भएको थियो। वार्ताका क्रममा उठेका विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै दुबै टोली राति साढे ८ पुनः छुट्टा छुट्टै छलफलमा बसेका थिए। त्यसपछि भएको वार्तामा प्रारम्भिक सहमति जुटेको हो।

डा.केसी पक्षका वार्ता समितिका सदस्य तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले बिहीबारका दुई वार्ता सकारात्मक भएको बताए।

केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ—६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

डा. केसीको अनसनको २४औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार