• शनिबार, साउन ९ २०८३

एक दिनका लागि प्रधानमन्त्री बनिन् १६ वर्षीया किशोरी


बिहिबार, असोज २२ २०७७
1K
Shares


एक दिनका लागि फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो पद १६ वर्षीया किशोरीलाई दिएकी छिन्।

बालिकाहरूको अधिकारलाई प्रोत्साहन गर्न बुधबार मरिनले १६ वर्षीया आभा मुर्टोलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्।

दक्षिणी फिनल्यान्डको भास्कीकी आभाले प्रधानमन्त्री भएपछि न्यायलयका कुलपतिसँग बैठक गरेकी छिन्। त्यसपछि मिडियासँग कुराकानी गर्दै उनले आफ्नो दिन रमाइलो भइरहेको बताइन्।

एक दिन पद सम्हाल्दा कानुनसम्बन्धी नयाँ कुरा थाहा पाएको उनले बताइन्। जलवायु परिवर्तन र मानवअधिकारसम्बन्धी अभियानमा अग्रसर रहेकी आभाले दिउँसो सासंद र विकास तथा विदेश व्यापार मन्त्रीसँग कुराकानी गरेकी थिइन्।

‘केटीहरूले उनीहरू महत्वपूर्ण छन् र प्रविधिमा केटाहरू जत्तिकै राम्रो छन् भन्ने बुझ्न जरूरी छ। युवाहरूले वयस्कलाई इन्नोभेटिभ कसरी बन्ने भन्ने कुरा सिकाउन सक्छन् र भविष्यको बारे धेरै सोच्न सक्छन्’उनले समाचार संस्था एएफपीसँग भनिन्।

प्लान इन्टरनेशनले आयोजना गरेको‘गल्स टेकओभर’अभियानअन्तर्गत सन्ना मरिनले मुर्टोलाई प्रधानमन्त्रीको पद दिएकी हुन्। टेक्नोलोजी कम्पनीमा बालिकाहरूका लागि अवसर तथा महिलाहरूमाथि हुने अनलाइन दुर्व्यवहारबारे जनचेतना फैलाउन उनलाई एक दिनका लागि प्रधानमन्त्री बनाइएको एएफपीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार