• शुक्रबार, असोज ९ २०८३

ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल


बिहिबार, असोज २२ २०७७
1.1K
Shares


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकीकरणको बाकी काम सम्पन्न गर्ने विषयमा भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओली एक्लाएक्लै छलफल गरिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आजै रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ।

सोही विषयमा प्रचण्डसंग सहमति गरेर निर्णय गर्न छलफल भैरहेको स्रोतले जनायो। आजै मन्त्रीपरिषद् बैठक पनि बस्दैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार