• शनिबार, साउन ३० २०८३

भारतका पूर्वसीबीआई निर्देशकले गरे आत्महत्या


बिहिबार, असोज २२ २०७७
955
Shares


भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई)का पूर्व निर्देशक तथा पूर्व राज्यपाल अश्विनी कुमार शिमलास्थित आफ्नो निवासमा बुधबार मृत भेटिएका छन्।

भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन्।

प्रहरीले घटनास्थलमा फेला पारेको सुसाइड नोटमा अश्विनी कुमारले‘आफ्नो विरामी र अशक्तताका कारण यो जीवनलाई समाप्त पार्दैछु, नयाँ जीवनतर्फ बढ्दैछु’लेखेका छन्।

त्यहाँका डिजिपी संजय कुन्डूले सो सुसाइड नोटमा आफ्नो मृत्युका लागि कसैलाई आरोप लगाएका छैनन्।

कुमारका परिवारका अनुसार अश्विनी कुमार दिउँसो घुम्न निस्केका थिए। यसक्रममा उनी काली माताको मन्दिर पुगेका थिए भने साँझमा ध्यानसमेत गरेका थिए।

परिवारले उनको मृत्युमा कुनै पनि प्रकारको शंका नभएको बताएका छन्।

सन् १९७३ मा प्रहरी सेवामा प्रवेश गरेका अश्विनी कुमार सन् २००८ देखि २०१० सम्म सिबिआईका निर्देशक थिए। त्यसपछि उनी मणिपुर र नागाल्याण्डको राज्यपाल बनेका थिए।

राज्यपालको जिम्मेवारीपछि शिमला फर्किएपछि एपिजी गोयल शिमला विश्वविद्यालयको कुलपति बनेका उनले सो पद सन् २०१८ मा छोडेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार