• शनिबार, साउन ९ २०८३

कोरोनाबाट वडा सदस्यको मृत्यु


बिहिबार, असोज २२ २०७७
725
Shares


काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा एक जना वडा सदस्यको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उपचारत तुलाचनको बुधबार राति मृत्यु भएको वडा अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनमा यही असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।

वडा अध्यक्ष क्षेत्रीका अनुसार उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो । त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार